हेटौँडा, हेटौडा ६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
संस्थाको चालू आव ०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
संस्थाले आव ०८२/०८३ मा गरिने विभिन्न कार्यक्रमहरुको बारेमा कोषाध्यक्ष चेतनाथ खतिवडाले जानकारी गराएका थिए ।
संस्थाले आव ०८२/०८३ मा संस्थाले संस्थागत विकास, महिला सचेतना तथा आर्थिक उपार्जन, सहकारी शिक्षा, ज्येष्ठ नागरिक, सदस्यहरुको आर्थिक उपार्जन, बचत संकलन तथा कर्जा लगानी, बालबालिका लक्षित कार्यक्रम गरिने बताईएको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव अधिकारी,पूर्व अध्यक्ष रघु प्रसाद आचार्य, शिक्षाविद् रमेश प्रसाद लामिछाने, शेयर सदस्य तारानाथ दाहाल, जनार्दन पौडेल लगायतकाले संस्थाले आगामी आवमा गर्नु पर्ने विभिन्न कार्यहरुको बारेमा सुझाव पेश गरेका थिए ।
संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्धयक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति, लृखा समिति, सल्लाहकार , विभिन्न उपसमिति , कर्मचारी , शेयर सदस्य , सञ्चारकर्मी लगायतको सहभागीता थियो ।
२०५३ सालमा स्थापित यश सहकारी संस्थामा ३ हजार शेयर सदस्यहरु रहेका छन । संस्थाको शेयर पूजी २ करोड ७० लाख, बचत २६ करोड ५९ लाख र कर्जा लगानी २० करोड १७ लाख रहेको ब्यवस्थापक दिपेन्द्र गौतमले बताए ।






