क्षिरसागरको शेयरपूँजी ४ लाख

हेटौंडा/हेटौंडा–११ मा रहेको क्षिरसागर दुग्ध उत्पादक सहकारी संस्थाको शेयर पूँजी ४ लाख ८४ हजार रुपैयाँ रहेको छ । शनिबार भएको संस्थाको नवौँ वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सालिकराम पुडासैनीले आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको शेयर पूँजी ३ लाख ५४ हजार ७ सय रुपैयाँ रहेकोमा हाल संस्थाको शेयरपूँजीमा वृद्धि गरी ४ लाख ८४ हजार ७ सय रुपैयाँ पुर्‍याएको बताए ।

ADVERTISEMENT

दुई करोड ५२ लाख रुपैयाँको कारोबार गरेको संस्थाले आव ०७८/०७९ मा २ लाख ८० हजार लिटर दुध संकलन गरि विक्रि गरिएको संस्थाका व्यवस्थापक देवकुमार श्रेष्ठले बताए । संस्थाबाट स्थानीय विक्री भने ५० हजार लिटर विक्री गरिएको जनाइएको छ । सभाको अवसर पारेर सहकारीले किसानलाई पुरस्कृत गरिएको छ । नगद र १२ लिटरका क्यान सहित प्रथम हुने पुण्यकुमारी बस्नेत, द्वितीय हुने गोमा मगर, तृतीयहुने पवित्रा कुईकेल, सान्त्वना हुने उद्धवप्रसाद गजुरेललाई पुरस्कृत गरिएको थियो । त्यस्तै, गुणस्तर दुध विक्री गर्ने कृष्णप्रसाद पौडेल, स्थानीय दुध खरिदकर्ता उत्तमप्रसाद पौडेल, नवराज अर्याल र खमबहादुर जर्गामगरलाई पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष सालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष जुना दहाल, वडा सदस्य विकास नेपाल, हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल,संस्थाका पुर्व अध्यक्ष बोलबहादुर पौडेल, डाङडुङे टोल विकासका अध्यक्ष ठाकुरप्रसाद पौडेल, गणेशस्थान टोलका अध्यक्ष मञ्जु पौडेल लगायत विभिन्न सहकारीका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *