हेटौंडा, हेटौंडा सामुदायिक आँखा अस्पतालको टोलीले रामनगर गाँउपालिका सिसौट, सर्लाहीमा गएर ४ सय ९ जना मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गरेको छ ।
दक्षिण कोरीयाको अन ड्रिम प्रोजेक्टको सहयोग, श्री हरी बचत तथा ऋण सहकारी संस्थाको र रामनगर गाँउपालिकाको समन्वयमा अस्पतालले निःशुल्क आँखा जाँच मोतिविन्दुको शल्यक्रिया कार्यक्रम आयोजना गरेको हो ।
सर्लाहीको अचलगढ, हरकटवा एवम् सिसौटमा १ हजार २ सय ५० जना विरामीहरुको आँखा जाँच गरी ४ सय ९ जना बिरामीहरुमा मोतिविन्दु बिरामकिो शल्यक्रिया गरेको थियो ।
हेटौडा सामुदायिक आँखा अस्पतालका बरिष्ठ नेत्ररोग विशेषज्ञ डा। मोहीनी श्रेष्ठको नेतृत्वमा डा। मिराज पोख्रेल र डा। राजश्री श्रेष्ठ रहेको टोलीले सिसौटमा शल्यक्रिया गरेको थियो ।