५१ वटा क्रसर उद्योगको नदीजन्य पदार्थको स्टक प्रमाणित


हेटौंडा/मकवानपुरका सात वटा स्थानीय तहका ५१ वटा क्रसर उद्योगको नदीजन्य पदार्थको स्टक प्रमाणित गरिएको छ । स्टक प्रमाणित गर्दा धेरैजसो क्रसर उद्योगले जरिवाना रकम तिर्नुपर्ने भएको छ ।

ADVERTISEMENT

शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गर्दै सात वटा स्थानीय तहको नदिजन्य पदार्थको स्टक प्रमाणित गरिएको र अब दुइ वटा स्थानीय तहको मात्र बाँकी रहेको जानकारी गराएको छ । क्रसर उद्योगले तोकिएको भन्दा बढी नदिजन्य पदार्थ उत्खनन् गरेको पाइएकोले तत्काल जरिवाना रकम संकलन गर्नका लागि आफुहरुले सात वटै स्थानीय तहमा पत्राचार गरिएको समन्वय समितिका प्रमुख ललित घलानले बताए ।

मनहरी गाउँपालिकामा १२ वटा, राक्सिराङ गाउँपालिकामा ५ वटा, ईन्द्रसरोवर गाउँपालिकामा १ वटा, हेटौंडा उपमहानगरपालिकामा २२ वटा, भीमफेदी गाउँपालिकामा ४ वटा, मकवानपुरगढी गाउँपालिकामा ३ वटा र बकैया गाउँपालिकामा ४ वटा क्रसरहरुको स्टक प्रमाणित गरिएको प्रमुख घलानले जानकारी दिए । यस्तै, थाहा नगरपालिका र कैलाश गाउँपालिकामा स्टक प्रमाणित गर्न बाँकी रहेको घलानले बताए ।

ADVERTISEMENT

नदिजन्य तथा खानीजन्य जिल्ला अनुगमन समितिबाट हालसम्म उपसमितिको सिफारिसमा गरिएको अनुगमनको प्रतिवेदन सम्वन्धीत स्थानीय तहमा पठाइ सकिएको घलानले बताए । थाहा नगरपालिका र कैलाश गाउँपालिकाको स्टक प्रमाणित गर्नका लागि बाँकी रहेको निमित्त जिल्ला समन्वय अधिकारी सुनिताकुमारी गजुरेलले बताइन् ।

समितिले चालु आर्थिक वर्षको तीन महिनामा गरेका कामको विवरण पनि सार्वजनिक गरेको छ । समन्वय समितिले चालु आर्थिक वर्षको साउन १ गते देखि असोज मसान्त सम्म गरेको कामको विवरण सार्वजनिक गरेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya