राप्तीको शवदाह स्थलको मेसिन सुचारु

हेटौंडा, हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको राप्ति खोला किनारमा रहेको सबदाह स्थल सञ्चालनमा आएको छ ।
लामो समय देखि मेसिनमा प्रयोग हुने गरेको सामग्री नपाउँदा बन्द रहेको मेसिन आज सोमबार बाट सञ्चालनमा आएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

ADVERTISEMENT

बाहिरी देशबाट मेसिनमा लाग्ने सामग्री आउँनु पर्ने भएकाले मर्मतको लागि समय लागेको बताइएको छ । करिब ७ महिना देखी बन्द रहेको सब दाहस्थलमा रहेको मेसिनको माथिल्लो भित्रि भागमा लाग्ने पाता फेरेसँगै सञ्चालन आएको बताबरण शाखाका हिमप्रसाद पौडेलले जानकारी दिए ।

मेसिन मर्मत नहुँदा हेटौंडा–९ त्रिवेणी धाममा रहेको सबदाह स्थलमा शब जलाउँने गरीएको थियो । खुल्ला रुपमा शब जलाउँदा बातावरण प्रदुषण हुने भएकाले उपमहानगरले शब बाट निस्कने धुँवालाई टाबर मार्फथ माथिल्लो भागमा फ्याक्ने र शब जनलाउन सहज हुने गरी मेसिनको व्यवस्थापन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *