झरीका कारण हेटौंडा मेयर कपका खेलहरू स्थगित

हेटौँडा, भारी वर्षाका कारण हेटौंडामा जारी मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत बुधबारका खेलहरू स्थगित गरिएको छ। बुधबार हुने तालिका अनुसार हेटौंडा–५ र १५ तथा हेटौंडा–१२ र १७ नम्बर वडाबीचको खेल तय गरिएको थियो।

ADVERTISEMENT

झरीले पिप्ले क्याम्पा रंगशाला जलमग्न भएपछि खेल स्थगित गर्नुपरेको हो। यसअघि पनि सोमबारको खेल वर्षाका कारण स्थगित भई मंगलबार खेलाइएको थियो। आयोजकले बुधबार स्थगित भएका खेलहरू बिहीबार खेलाइने जानकारी दिएको छ।

हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेका अनुसार झरीले प्रतियोगिता सञ्चालनमा अवरोध पुर्‍याएपछि खेल स्थगित गर्नु बाध्यात्मक बनेको बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *