हेटौंडा, थाहा नगरपालिका–६ स्थित गोरेटो बाटोमा लडेर एक वृद्धको मृत्यु भएको छ। थाहा नगरपालिका–१, कुन्छाल निवासी ६२ वर्षीय कृष्ण गोपालीको मंगलबार बिहान ज्यान गएको हो।
प्रहरीका अनुसार गोपाली बिहान बज्रबाराही बजारमा दूध बेचेर फर्कने क्रममा पोखरी डाँडास्थित गोरेटो बाटोबाट करिब १० मिटर तल खसेका थिए। उनी घरबाट करिब दुई किलोमिटर दक्षिणतर्फको गोठमा बस्दै आएका थिए।
लडेर गम्भीर घाइते भएका गोपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।







