लागुऔषधसहित २ भारतीय नागरिक पक्राउ

हेटौँडा, मकवानपुर प्रहरीले रातोमाटे चेकपोष्टमा ठूलो परिमाणको लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बहराईच जिल्ला बलाई गाउँका ३५ वर्षीय किस्मत अली र २८ वर्षीय शाहरुख अली रहेका छन् ।

ADVERTISEMENT

आइतबार बिहान करिब ९: २५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत रातोमाटे चेकपोष्टमा भारतको रक्सौलबाट काठमाडौंतर्फ जाँदै गरेको बीआर ०१ पिबि १८०२ नम्बरको भारतीय सुमो रोकेर चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो ।

उनीहरूको साथबाट प्रहरीले फेनेर्गन १,९५० एम्पुल, नुफिन १,९५० एम्पुल, डाईजेपाम १,९५० एम्पुल गरी जम्मा ५,८५० एम्पुल र ट्रामाडोल २४० क्याप्सुल बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *