हेटौंडा, साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा डीवि बर्तौला निर्वाचित भएका छन् । बर्तौलाले ९७ मत प्राप्त गर्दा उनका प्रतिद्विन्द्वी पुरुषोत्तम आचार्यले ८१ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा सानू खनाल निर्वाचित भएका छन् । खनालले १२१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एसके निधनले ५६ मत प्राप्त गरे । सचिव पदमा मनोज पोखरेल विजयी भएका छन् । पोखरेलले ११० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी यश लामाले ६७ मत प्राप्त गरे ।
यसैगरी सदस्यमा रजनी पौडेलले १२४ मत, स्वस्तिका बानियाँले ११८ मत, कृतिका लौडारीले ९९ मत, कुबेर पराजुलीले ८३ मतप्राप्त गरी विजयी भएका छन् भने मिनप्रसाद लामिछानेले ७६ मत, बैकुण्ठ लामिछानेले ७५ र सिएम रिमालले ७९ मत प्राप्त गरी पराजित भएका छन् । मकवानपुरे साहित्यकारहरुको अग्रणी संस्था साहित्य सङ्गम मकवानपुरमा २४४ जना आवद्ध भएता पनि १८२ मत खसेको थियो । सङ्गमको सहसचिवमा भवानी तिमल्सिना र कोषाध्यक्षमा मेनु तिमल्सिना सर्वसम्मत चयन भएका थिए ।