माघ ११ गतेबाट हेटौंडामा औद्योगिक व्यापार महोत्सव

हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको १० औं संस्करण यही माघ ११ गतेबाट हेटौंडामा हुने भएको छ । आयोजक मउवा संघले बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ ११ देखि २३ गतेसम्म टीसीएनको चौरमा मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।

ADVERTISEMENT

उत्पादक तथा उपभोक्ताबीच सोझो सम्पर्क कायम गर्ने, आन्तरिक तथा बाह्य पर्यटकीय विकास गर्ने, गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, स्थानीय वस्तु तथा उत्पादनको बजार प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिए । मेलामा बहुराष्ट्रिय, राष्ट्रिय तथा ठूला साना उद्योग र स्थानीय तथा राष्ट्रिय उत्पादन एवम् सेवाको व्यापार, क्रेता र विक्रेता अन्तरक्रिया, स्थानीय तथा राष्ट्रिय कलाकारको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरका व्यावसायिक गोष्ठी तथा सेमीनार, खाना तथा सांस्कृतिक मेला, पर्यटन प्रबद्र्धनका साथै वाल उद्दान रहने बताइएको छ ।

यस्तै अघिल्लो पटक अत्यधिक विवादमा परको हेलिकप्टर टुरलाई यो पटक पनि प्रमुख आकर्षणको रुपमा समेटिएको छ ।
मेलामा विद्यार्थीको कार्यक्षमता विकासको कार्यक्रम समेत हुने आयोजकले जानकारी दिएको छ । महोत्सवलाई करिब २ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । जिल्लाको प्रतिभा प्रस्फुटनका लागि गायन प्रतिस्पर्धा हेटौंडा आइडल र नृत्य प्रतिस्पर्धा डान्सिङ स्टारको समेत आयोजना हुने अध्यक्ष अग्रवालले बताए । महोत्सवमा करिब ३ सय वटा स्टल रहने बताइएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya