प्रेस युनियन मकवानपुरद्वारा १०० दिने सदस्यता अभियान, कक्षा १२ उत्तीर्णलाई मात्र सदस्यता प्रदान गरिने

हेटौँडा,, नेपाल प्रेस युनियन मकवानपुरले सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्ने उद्देश्यसहित एकसय दिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । श्रावण ४ गते आइतबार काठमाडौंमा सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार उक्त अभियान सञ्चालन गरिने मकवानपुर शाखाले जनाएको छ ।

ADVERTISEMENT

अभियानअन्तर्गत कक्षा १२ उत्तीर्ण गरेका क्रियाशील सञ्चारकर्मीलाई मात्र नयाँ सदस्यता प्रदान गरिने प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले स्पष्ट पारेका छन् । सोमबार हेटौंडा सम्पन्न नेपाल प्रेस युनियन मकवानपुरको कार्यसमिति बैठकले जिल्ला उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा सञ्चारकर्मीहरूलाई युनियनमा आवद्ध गराउने उद्देश्यले ‘पत्रकारसँग युनियन’ अभियान समेत सञ्चालन गरिने निर्णय गरिएको छ ।

बैठकले केन्द्रीय निर्णय कार्यान्वयन गर्दै मकवानपुर जिल्लामा संगठन सुदृढीकरणका विविध कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । त्यसैगरी बैठकले प्रेस युनियन मकवानपुरका सहसचिव प्रबेश धिताल ‘कुन्दन’लाई कार्यवाहक सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरेको छ । युनियनका सचिव बलराम पुडासैनी हाल देश बाहिर रहेकोले संगठनको कार्यहरुलाई निरन्तर रुपमा गतिशिल र चलायमान रुपले सञ्चालन गर्न धिताललाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको हो ।

ADVERTISEMENT

यसैगरी हेटौंडा सन्देश डटकमका कार्यकारी सम्पादकसमेत रहेका प्रेस युनियनकर्मी सोमलाल घालन ‘भुवन’लाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ । युनियन मकवानपुर शाखालेअनुशासनको कारवाहीमा परेर निष्कासित भएका सदस्यहरुलाई केन्द्रको सर्कुलर बमोजिम आत्माआलोचनासहित कारवाही फुकुवाको लागि शाखामा लिखित निवेदन दिन आव्हान समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *