कार्तिक महिनामा १५७ जनाले गरे रक्तदान

हेटौंडा, रक्तसञ्चार केन्द्र हेटौंडामा कात्तिक महिनामा एक सय ५७ जनाले रक्तदान गरेका छन् ।

ADVERTISEMENT

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको विभिन्न रक्तदान कार्यक्रम एवम् केन्द्रमै पुगेर उनीहरुले रगत दान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिए ।

उनका अनुसार, तीमध्ये १ सय २१ जनाले विभिन्न कार्यक्रममा र ३६ जनाले केन्द्रमै पुगेर रक्तदान गरेका हुन् ।

ADVERTISEMENT

कात्तिक महिनामा जम्मा ४ वटा कार्यक्रम सञ्चालन भएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *