‘द भ्वाइस अफ किड्स’मा हेटौंडाका अपूर्व र रोशना, भोटका लागि अपिल

हेटौँडा, हेटौंडाका दुई बाल प्रतिभा अपूर्व आचार्य र रोशना विष्ट लोकप्रिय बाल गायक प्रतियोगिता ‘द भ्वाइस अफ किड्स’मा प्रतिस्पर्धा गरिरहेका छन्।

ADVERTISEMENT

नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत अपूर्व आचार्य र हेटौंडा एकेडेमी कक्षा ७ मा अध्ययनरत रोशना विष्ट दुवैले लाइभ अडिसन चरणमा प्रभावशाली प्रस्तुति दिएका छन्।

अब उनीहरूलाई अर्को चरणमा प्रवेश गराउनका लागि अधिकतम भोट आवश्यक परेको छ। उनीहरूको परिवार र विद्यालयले सबैलाई खल्ती एपमार्फत भोट गरेर साथ दिन अपिल गरेका छन्।

ADVERTISEMENT

प्रतियोगिताको आगामी चरणमा पुग्न भोट निर्णायक बन्ने भएकाले अपूर्व र रोशनाले हेटौंडा तथा देशभरका शुभचिन्तकहरूसँग साथ र समर्थनको अपेक्षा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *