बालबोध विद्यालयको अध्यक्षमा अर्याल

हेटौंडा, हेटौंडा–१७ हटियामा रहेको बालबोध माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा प्रदीप अर्याल चयन भएका छन् ।

बिहीबार भएको विद्यालय व्यवस्थापन समिति बैठकले अर्याललाई सर्वसम्मत अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो । चैत २९ गते भएको अभिभावक भेलाले अभिभावक मध्येबाट ४ जना सदस्य तथा वडा प्रतिनिधि र शिक्षक प्रतिनिधि चयन गरेको थियो ।
मनोनित गर्नुपर्ने दुईजना सदस्य चयन हुन सकेको थिएन ।

बैशाख ३० गते भएको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रदीप अर्याल र कमला विश्वकर्मालाई सदस्यमा मनोनित गरेको थियो । अध्यक्षमा चयन भएका अर्यालले विद्यालयको भौतिक एवम् शैक्षिक सुधारको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘विद्यालयको समग्र अवस्थालाई नजिकबाट बुझेको छु, केही काम गर्ने योजनासहित अध्यक्ष पदमा आएको हुँ’, अर्यालले भने, ‘सबैबाट सकारात्मक सहयोगको अपेक्षा राखेको छु ।’

बालबोध माविमा करिब ६ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button