मंसिर २ देखि जेसीआई हेटौँडाको सप्ताह सुरु हुँदै

हेटौँडा, जेसीआई हेटौँडाले मंसिर २ गतेदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ। युवाको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै जेसीआईले विभिन्न रचनात्मक कार्यक्रमसहित जेसीज सप्ताह सञ्चालन गर्न लागेको हो।

ADVERTISEMENT

सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिन आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा जेसीआई हेटौँडाका अध्यक्ष सन्तोष पराजुलीले जेसीजले युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि गर्दै आएको बताए।

कार्यक्रम तालिकाअनुसार सप्ताहको पहिलो दिन मंसिर २ गते बिहान ८ बजे हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना हुनेछ। जीवन छत्कुलीको संयोजकत्वमा हुने उक्त कार्यक्रमपछि सोही दिन बेलुका ४ः३० बजे जेसीआई हेटौँडाको सचिवालयमा अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता (ओरिटरी) आयोजना गरिनेछ। प्रतियोगिताको संयोजन प्रतीक कोइरालाले गर्नेछन्।

त्यसैगरी, मंसिर ३ गते दिउँसो २ बजे नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा साइबर सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। युवामा साइबर सुरक्षासम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। यसअघि भुटनदेवी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त कार्यक्रम यस वर्ष त्रिभुवन माध्यमिक विद्यालयमा गर्न लागिएको जेसीआईले जनाएको छ। कार्यक्रमको संयोजन विवेक फुयालले गर्नेछन्।

मंसिर ३ गते नै दिउँसो ४ः३० बजे मामाघर नेपालमा सामग्री हस्तान्तरण कार्यक्रमसमेत आयोजना हुनेछ। उक्त कार्यक्रमको संयोजन आशु बानियाँले गर्नेछन्।

सप्ताहको तेस्रो दिन मंसिर ४ गते बिहान १० बजे जेसीआई हेटौँडाको सचिवालयमा अन्तरमाध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिताको संयोजन रिद्धम पौडेलले गर्नेछन्।

सप्ताहको अन्तिम दिन मंसिर ५ गते बिहान ७ः३० बजे माया स्पोर्ट्स सेन्टरमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिनेछ। मित्रप्रसाद गौतमको संयोजकत्वमा हुने प्रतियोगितापछि सोही दिन दिउँसो ३ बजे जेसीआई हेटौँडाको सचिवालयमा समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरिनेछ। समापन समारोहको संयोजन विश्वप्रसाद गौतमले गर्नेछन्।

जेसीआई हेटौँडाका अध्यक्ष सन्तोष पराजुलीको अध्यक्षतामा सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमको मुख्य कार्यक्रम संयोजकमा सञ्जयकुमार न्यौपाने र सहप्रमुख कार्यक्रम संयोजकमा विनोद वाग्ले रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya