देउसी भैलो ९ बजेसम्म मात्र खेल्न पाइने

हेटौंडा, जिल्ला प्रशासन कार्यालय मकवानपुरले देउसी भैलो जस्ता सांस्कृतिक कार्यक्रम गर्न समय तोक्दै जिल्लाबासीलाई अनुरोध गरेको छ ।

ADVERTISEMENT

प्रशासन कार्यालयले आइतबार सूचना निकालेर तिहारमा देउसी भैलो लगायतका सांस्कृतिक एवम मनोरञ्जनात्मक क्रियाकलाप रातको ९ बजेसम्म मात्र गर्न भनेको हो । त्यस्तै, प्रशासनले तिहार र छठपर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशिल पदार्थको प्रयोग, भण्डारण, ओसारपसार र विक्रि वितरणमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलद्वारा जारी सूचनामा तिहार तथा छठ लगायतका पर्व मनाउने क्रममा खेलिने देउसी भैलो र अन्य सांस्कृतिक कार्यक्रम रातको ९ बजेसम्म मात्र गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *