बागमती प्रदेशमा आठ जना नवनियुक्त मन्त्रीहरूले लिए सपथ ग्रहण

हेटौंडा, बागमती प्रदेशका नवनियुक्त आठ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार उनीहरूलाई शपथ गराएका हुन् ।

ADVERTISEMENT

शपथ लिने मन्त्रीहरूमा नेपाली कांग्रेसका दुई तथा नेकपा एमालेका छ मन्त्री रहेका छन् । एमालेतर्फबाट मधुसुदन पौडेल कृषि तथा पशुपंक्षी विकास, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, जयराम थापा श्रम, रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य तथा बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारीमा नियुक्त भएका छन् ।

त्यसैगरी, कांग्रेसतर्फबाट कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तथा शिवराज अधिकारीलाई बिना विभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको छ ।

कुल १४ वटा मन्त्रालयमध्ये नेपाली कांग्रेसले दुई मन्त्रालयको जिम्मेवारी लिएको छ भने बाँकी पाँच मन्त्रालय मुख्यमन्त्री बानियाँले आफैं मातहत राखेका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *