मकवानपुरमा जिम्नाष्टिक संघको अध्यक्षमा सुनिल गिरी चयन भएका छन् । सुनिलको अध्यक्षतामा विहीबार नयाँ समिति गठन भएको हो ।

संघको उपाध्यक्षमा गजेन्द्रराज गिरी, महासचिवमा रणवीर थापा, कोषाध्यक्ष अनुप कुमार लामा चयन भएका छन् । यस्तै सदस्यहरुमा विमन्न लामा, रवीन्द्र शाही, सुम्रा थापा, मनिष योञ्जन, प्रलय चौलागाँई, भीम बहादुर देउला, राजेश तुमिङ्ग, राजेश देउला र मदन श्रेष्ठ चयन भएका छन् ।
नेपाल जिम्नास्टिक संघका कोषाध्यक्ष सुनीलमान सिंहको संयोजकत्व तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड़कीको आतिथ्यतामा संघ गठन गरिएको थियो ।
कार्यक्रममा कराते प्रशिक्षक विष्णुभक्त श्रेष्ठ, केन्द्रिय सदस्य श्री प्रसाद केजु, उसु प्रशिक्षक विमला थापा, एथलेटिक्स प्रशिक्षक विष्णुमान श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।







