मुख्यमन्त्री बानियाँको विश्वासको मत लिने प्रक्रिया अघि बढाइने

हेटौँडा, बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावलाई अघि बढाउने निर्णय भएको छ । सोमबार अपराह्नन ४ बजे बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावलाई अघि बढाउने निर्णय गरेको हो ।

ADVERTISEMENT

मुख्यमन्त्री बानियाँले संसद् सचिवालयमा दर्ता गराएको साउन २७ मा विश्वासको मत लिने सम्बन्धी प्रस्तावलाई प्रक्रियागत रूपमा अघि बढाएर निर्णयार्थ पेस गर्ने निर्णय भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
साउन २७ गते दिउँसो ४ बजे बस्ने बैठकमा मुख्यमन्त्री बानियाँले दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेस हुने र सो पश्चात् प्रक्रियागत रूपमा मत विभाजनको कार्यक्रम अघि बढाइने उनले बताए ।

गत साउन २० मा एमाले कांग्रेसको गठबन्धनमा मुख्यमन्त्री बनेका बानियाँलाई सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ सांसदको समर्थन मुख्यमन्त्री बानियाँलाई रहेको छ ।
प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका २१, राप्रपाका १३ ९सभामुख सहित०, एकीकृत समाजवादीका ७, नेमकीपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

त्यसअघि प्रदेशसभाको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको उनको भनाई छ । उक्त समयमा दलगत रूपमा नेताहरूले प्रदेशको समसामयिक राजनीति, सामाजिक तथा आर्थिक लगायतका विषयमा धारणा राख्नेछन् । (स्रोतः रातोपाटी)

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *