गजल मञ्च मकवानपुरको २२८ औँ गजल यात्रा

हेटौँडा, गजल मञ्च मकवानपुरद्वारा आयोजित २२८ औँ गजल यात्रा शनिबार हेटौँडामा आयोजना भएको छ । गजल मञ्च मकवानपुरका अध्यक्ष सन्जित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार तुलसी घिमिरे प्रमुख अतिथि रहेको थियो ।

ADVERTISEMENT

नियमित गजल वाचन सत्रमा साहित्यकार तथा गजलकार नवीन दर्लामी, सुवास सजल, भवानी तिमल्सिना, राजकुमार, मनोज पोखरेल, डीबी बर्तौला, सानू खनाल, यश लामा, देवराज तिवारी र निमेष निखिललगायतले गजल वाचनसँगै मन्तव्य पनि व्यक्त गरेका थिए।

गजल मञ्च मकवानपुरका संरक्षक तथा सल्लाहकार मुक्ति गोविन्द वैद्य, पूर्वअध्यक्ष एवं सल्लाहकार देवराज तिवारी, पूर्वअध्यक्ष यश लामालगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा सह–सचिव गौरी कंडेलले स्वागत मन्तव्य राखेका थिए भने मञ्चका सचिव कमल नेपालले कार्यक्रम सञ्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *