१९ जनाले गरे रक्तदान

हेटौंडा, साहित्य सङ्गम मकवानपुरको आयोजनामा आइतबार भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । बिहान ७ बजेदेखि ९ बजेसम्म भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको सङ्गमका अध्यक्ष डीवी बर्तौलाले जानकारी दिए ।

साहित्य सङ्गम मकवानपुरको ३५ औँ सन्ध्या दिवस अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । नियमित साहित्य सन्ध्यमा विभिन्न साहित्यकारहरुले रचना वाचन गरेका थिए । रक्तदान गरेका १९ जनालाई संस्थाले प्रमाणपत्र प्रदान गरेको थियो । आइतबार नै साहित्य सङ्गम मकवानपुरले संयुक्त कविता वाचन तथा सन्ध्या सम्मान कार्यक्रम आयोजना गरिएको थियो । साहित्य सङ्गम मकवानपुरले आयोजना गर्ने हरेक कार्यक्रममा उपस्थित हुनु हुने चेतप्रसाद पौडेललाई सन्ध्या सम्मानबाट सम्मानित गरेको थियो ।

मकवानपुरका हास्य व्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यतामा पौडेललाई सन्ध्या सम्मान प्रदान गरेको हो । कार्यक्रममा साहित्यकार साम्ब ढकाल, सुवास खनाल, प्रतिमा पाठक र अनसूया खनालले रचना वाचन गरेका थिए । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिललगायत विभिन्न साहित्य संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *