साहित्य सङ्गमले चार जना स्रष्टालाई सम्मान गर्ने

हेटौंडा, साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यसवर्ष जेठ २२ गते विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेर प्रदान गर्ने भएको छ । सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

ADVERTISEMENT

रिमालका परिवारले स्थापना गरेको सम्मानको राशी २० हजार एक रुपैयाँ रहेको छ । त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय सङ्गममा स्थापना गरेको प्रगतीवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको ‘श्यामप्रसाद शर्मा स्मृति सम्मान’–२०७८ यसवर्ष साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिनालाई प्रदान गरिदैछ । यस सम्मानको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

यस्तै, हास्यव्याङ्ग्यकार डा. गणेशकुमार पौडेलले स्थापना गरेको ‘शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७७ र ०७८ का लागि यसवर्ष क्रमशः लघुकथाकार तथा कवि श्रीओम श्रेष्ठ (रोदन) र कवि शान्तिप्रिय वन्दनालाई प्रदान गरिने भएको छ । पौडेललेले सासुआमाको नाममा स्थापना गरेको सम्मानको राशी जनही १० हजार एक रुपैयाँ रहेको छ । कवि श्रेष्ठ गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक हुन् ।

ADVERTISEMENT

साहित्यका विभिन्न पाटोमा काम गर्दै आएको सङ्गमले साहित्यका विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गर्दै आइरहेको संस्थाकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । उनले जेठ २२ गते हेटौंडा–२ मा रहेको धार्मिक पर्यटकीय स्थल वनस्खण्डीमा हुने विशेष साहित्य कार्यक्रम आयोजना गरेर सम्मान प्रदान गरिने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *