चाडपर्व लक्षित हेटौंडा मार्टको छुट अफर

हेटौंडा, हेटौंडा- २ मा रहेको हेटौंडा मार्टले चाडपर्वलाई लक्षित गरी उपभोक्तालाई विशेष अफर सञ्चालन गरिरहेको छ ।

१ हजार देखि ३ हजार सम्म सामान खरिद गरेमा २ प्रतिशत र ३ हजार माथिको सामान खरिद गरेमा ३ प्रतिशत छुटको व्यवस्था गरेको हेटौंडा मार्टका सञ्चालक राम बजगाईले जानकारी दिए ।

चाडपर्व लक्षित र उपभोक्तालाई चाडपर्वमा केही रकम छुट दिने उद्देश्यले अफर सञ्चालन गरेको बजगाईले बताए । उक्त अफर छठ पर्वसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button