हेटौंडा, नेपाली आधुनिक संगितका क्षेत्रमा वर्षौदेखि राज गर्दै आएका गायक राजेश पायल राई आज थाहानगरमा जारी थाहा महोत्सवमा आउने भएका छन् । आधुनिक गायनका सम्राट समेत मानिने राई थाहा नगरमा आउन लागेका हुन् ।

आयोजकको विशेष आग्रहमा राई महोत्सवमा सहभागी हुन सोमबार थाहानगर आउन लागेको थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिए । दर्शन नमस्ते सिरिजबाट नेपाली मनमस्तीष्कमा बस्न सफल गायक राईले सोमबार महोत्सवमा हंगामा मच्चाउने छन् ।
राई सँगै चर्चित जनगायक जिवन शर्मा, गायक बालचन्द्र बरालपनि महोत्सवमा आउँदै छन् । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन भइरहेको छ ।







