एक ढिक्का भएर संगठन निर्माणमा लाग्नुस्ः मुख्यमन्त्री बानियाँ

पालुङ, १ भदौं/बागमती प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेसभित्र कुनै गुटउपगुट नभएको बताउँदै गाउँ र टोलमा विकास निर्माणका कार्य गर्दै संगठन निर्माणमा लाग्न निर्देशन दिनुभएको छ ।

ADVERTISEMENT

कांग्रेस थाहा नगरपालिका र मकवानपुर संघीय क्षेत्र नम्बर २ को क को संयुक्त आयोजनामा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई थाहानगरको पालुङमा आइतबार स्वागत तथा सम्मान गर्ने क्रममा मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा विकास निर्माण, जनतालाई देखिनेगरी सरकारी सेवामा छिटो तथा सहज पहुँच पु¥याएर विगतमा झैं ८४ सालमा पनि पार्टीलाई पहिलो पार्टी बनाउने बताउनुभयो ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहनुभएका मुख्यमन्त्री बानियाँले आफूले जनताको करबाट उठेको पैसाले पाउने सेवासुविधाबाट आफ्नो निर्वाचन क्षेत्रमा रहेका गरिव विपन्न परिवारलाई दशैं अगावै आवास बनाउने प्रतिबद्दता गर्दै बागमती प्रदेश सरकारले जनताले प्रत्यक्षरुपमा अनुभव र देखिनेगरी सेवा दिने कार्य गर्ने बताउनुभयो ।

ADVERTISEMENT

गणतन्त्रभित्र सबै विचार र ब्यवस्थालाई मिलाएर लैजानुपर्ने भएकाले गफले हैन काम गरेर देखाउनुपर्ने अवस्था रहेकाले मुख्यमन्त्री बानियाँले अब जनप्रतिनिधिहरुले पार्टीसंग समन्वय गरेर आम जनताको समस्या समाधानका साथै स्थानीय आवश्यक्ता हेरेर विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो । कांग्रेस थाहानगर सभापति प्रमोद जोशीको सभाध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा कांग्रेस थाहानगरका पदाधिकारी, सदस्य तथा क्रियाशिलहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya