निर्वाचन अघि सहकारीको साधारण सभा नगर्नु : प्रदेश सहकारी मन्त्रालय

हेटौंडा/यही मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनको आचार संहिता लागिसकेकोले निर्वाचन हुने दिन मंसिर ४ गते सम्म बागमती प्रदेशभरका सबै सहकारी संघ, संस्थाहरुको साधारणसभा नगर्न बागमती प्रदेश भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आग्रह गरेको छ ।

ADVERTISEMENT

सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले निर्वाचनको समयमा सहकारी संघ, संस्थाले साधारण सभामा जनप्रतिनिधि तथा उम्मेद्वारहरु लाई अतिथिको रुपमा आमन्त्रण गर्दा निर्वाचन आचार संहिता उल्लंघन हुन सक्ने अवस्था भएकोले मंसिर ४ गतेसम्म सहकारीको साधारण सभा लगायतको कार्य नगर्न, नगराउनुहुन अनुरोध गरेको हो ।

यो समय सहकारी संस्थाको नियमित साधारण सभा गर्ने समय भएतापनि निर्वाचनको गतिबिधिलाई प्रभावित हुने भएकोले सहकारीको साधारण सभा निर्वाचन सकिएपछि गर्न निर्वाचन आयोगले समेत अनुरोध गरेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *