घैटो फुटाई प्रतियोगितामा आग्रा स्पोर्टसले उचाल्यो उपाधि, कोब्रा दोस्रो

हेटौँडा, मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा आयोजित घैटो फुटाई प्रतियोगितामा आग्रा स्पोर्टस पहिलो भएको छ । प्रथम भएसँगै नगद ३० हजारसहित पुरस्कार पाएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना शिखरकोट कृष्ण मन्दिर परिसरमा हुने प्रतियोगितामा बोग्रा ग्याङ थाहा–४ दोस्रो भएको छ । दोस्रो हुने टिमले नगद २० हजार पुरस्कार पाएको छ ।

ADVERTISEMENT

प्रतियोगितामा तेस्रो पुरस्कार पनि आग्रा स्पोर्टले नै हात पारेको छ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टिमले नगद १५ हजार पुरस्कार पाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः साझा रोडा ढुङ्गा उद्योगका उद्योगपति रामराजा केसी, श्री रम्बा देवी स्याण्ड एण्ड एग्रीग्रेटस प्राईभेट लिमिटेड थाहा ८ का सञ्चालक अर्जुन थापा र गोरखनाथ बालुवा प्रसोधन केन्द्रका प्रोपाइटर सन्तोष बिष्टले प्रायोजन गरेका थिए । प्रतियोगिताको लागि तीन दिन्दाभिन्दै स्थानमा घैटो झुण्ड्याइएको थियो । पुरस्कार वितरण, फुड फेस्टिबल तथा जात्रा समापन समारोह बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यताामा भएको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, प्रमुख प्रशासकीइ अधिकृत सुरेन्द्र प्रधान, स्थानीय राजनीतिक दलका प्रतिनीधिहरु, वडाध्यक्ष तथा जनप्रतिनीधिहरुलगायतको आतिथ्यता रहेको थियो । मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका छन् ।

मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु समेत तोकिएका छन् । पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया, टिम टेलिभिजन, बाइरोड, नागरिक समाचार, रेडियो पालुङ, साझाकुरा राष्ट्रिय दैनिक मेलाका अफिसियल मिडिया रहेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *