४० जना महिलाले गरे पाठेघर मुखको क्यान्सर परिक्षण

हेटौंडा, ५ असोज/लायन्स क्लव अफ हेटौंडा पाथिभरा गोल्डले आयोजनामा भएको पाठेघर मुखको क्यान्सर परिक्षणमा ४० जना महिलाले सहभागिता जनाएका छन् । लायन्स क्लव अब अफ हेटौंडा पाथिभराको आयोजना तथा नेपाल परिवार नियोजन संघसँग सहकार्यमा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

४० जना महिलाको स्वास्थ्य परिक्षण हुँदा २–३ जना महिलाको पाठेघर खसेको र सामान्य रोग देखा परेका २० जना महिलालाई निःशुल्क औषधी प्रदान गरेको कार्यक्रम संयोजक मुना पौडेलले जानकारी दिइन् । नेपाल परिवार नियोजन संघमा कार्यरत स्टाप नर्सहरुले स्वास्थ्य चेक जाँच गरेका थिए ।

लायन्स क्लव अफ हेटौंडा पाथिभरा गोल्डका अध्यक्ष मल्लिका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्ल्व अफ इन्टरनेशनल ३२५ एस इमर्जेन्सी फन्ड टियू ब्लड बैंकका डिष्ट्रिक चिफ अंकिता सुमार्गीको प्रमुख आतिथ्यता रहेको थियो । महिलाहरुमात्रै आवद्ध भएको पाथिभरा गोल्डले महिलालाई जागरुक बनाउने उद्देश्यले हरेक महिना विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका लायन्स क्लव अफ हेटौंडा पाथिभरा गोल्डका अध्यक्ष मल्लिका श्रेष्ठले बताइन् । कार्यक्रममा नेपाल परिवार नियोजन संघको सभापति निगम श्रेष्ठ, लायन्स क्लव अफ इन्टरनेशनल ३२५ एस मकवानपुर एरिया २ का एरिया चिफ विकेशलाल श्रेष्ठ, एरिया सेक्रेटरी माधवि बोसलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *