मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु, सात घाइते

हेटौंडा, मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाखमा मंगलबार अपराह्न परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

ADVERTISEMENT

घाइतेहरुको मनहरी अस्पतालमा उपचार भइरहेको छ। चट्याङ लागेर दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। मृतक ब्लोन पालबहादुरको घरमा किरियाको तयारीका लागि भेला भएका बेला चट्याङ परेको थियो।

घाइते हुनेमा हाङलाङकै १२ वर्षीया वर्षा ग्लान, १२ वर्षीय सुजन ग्लान, १६ वर्षीय सन्तोष ग्लान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेम ग्लान, ३७ वर्षीय राजकुमार ग्लान र चितवन राप्ती नगरपालिका–११ का ४७ वर्षीय पानबहादुर मोक्तान रहेका छन्। प्रहरीले अधिकांश घाइतेको अवस्था सामान्य रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya