उद्घाटन खेलमा मकवानपुरगढी र नवप्रतिभा भिड्ने

हेटौंडा, विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता भोली आइतबारबाट थाहा नगरपालिकामा शुरु हुँदैछ । थाहा नगरपालिका वडा नम्वर २ मा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मकवानपुरगढी र नवप्रतिभा भिड्ने भएका छन् ।

ADVERTISEMENT

प्रतियोगितामा १६ वटा टीमले सहभागिता जनाएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । कार्तिक ८ गते प्रतियोगिता समापन हुनेछ । प्रतियोगिताको उद्घाटन थाहानगरपालिका मेयर विष्णु विष्टले गर्नेछन् ।प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार ५१ रुपैयाँ, द्वितीयलाई २६ हजार २६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ ।

प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच प्रदान गरिने छ । प्रतियोगितामा करिव १५ वटा टीमले सहभागिता जनाउने छन्। पाँचौ पटक आयोजना हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताको अनुमानित खर्च ३ लाख ५० हजार रुपैयाँ रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *