दुग्ध सहकारीको साधारणसभामा दूध कृषक पुरस्कृत

हेटौंडा, हेटौंडा– ११ मा रहेको क्षीरसागर दुग्ध उत्पादक सहकारी संस्थालेै दुध विक्री गर्ने कृषकलाई पुरस्कृत गरेको छ । शुक्रबार भएको सहकारीको ११ औँ वार्षिक साधारणसभामा धेरै दुध विक्री गर्ने कषकलाई पुरस्कृत गरेको हो । संस्थामा बढी मात्रामा दूध विक्री गर्ने पूर्णकुमारी बस्नेत प्रथम, वि. एस कृषि तथा पशुपञ्छी फर्म दोस्रो, भीमसेन हुमागाई तृतीय, गणेश पण्डित चौथो र उद्धव प्रसाद गजुरेल पाँचौं भएका छन् । उनीहरुलाई सहकारीले क्यान, प्रमाणपत्र र गाईको लागि क्याल्सियम प्रदान गरेको थियो ।

ADVERTISEMENT

त्यस्तै, नियमित दुध खरिद गर्नेतर्फ उत्तमप्रसाद पण्डित, नवराज अर्याल, शेखरराज मैनाली, सुवास ढकाल, खमबहादुर जर्गामगर, दीलकुमारी थापा र रमा श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको थियो । १२७ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयरपुँजी ५ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ । सहकारीले आव २०८०/८१ मा एक लाख ९८ हजार लिटर दुध खरिद गरी विक्री गरेको संस्थाका व्यवस्थापक देवकुमार श्रेष्ठले बताए ।

एक करोड ९८ लाख २२ हजार ४४ रुपैयाँको दुध तथा ढुटोचोकर विक्रीबाट आम्दानी भएको बताउँदै व्यवस्थापक श्रेष्ठले खरिदतर्फ एक करोड ७८ लाख ६९ हजार ७०२ रुपैयाँ लागत लागेको बताए । पाँच लाख ६९ हजार ९ सय शेयरपुजीँ रहेको सहकारीमा १४ लाख २४ हजार ४६५ रुपैयाँ जगेडा कोषमा रहेको छ । संस्थाका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षता तथा बागमती प्रदेशका पुर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा पूर्व जिल्ला विकास समितिका सभापति रामेश्वर राना, वडा ११ का वडाध्यक्ष जुना दहाल, नवयूवा साकोसका अध्यक्ष फूलमान श्रेष्ठ, उपयोगी सहस्राब्दी साकोसका अध्यक्ष दिनेश विडारी, नवलपुर दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुन बर्तौला, टोल विकास वडा समन्वय समितिका अध्यक्ष यज्ञप्रसाद आचार्य, संस्थाका लेखा समितिका संयोजक कृष्णप्रसाद खनाललगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *