शिक्षक सेवा आयोग प्राथमिक तहको सारथी ‘पेन्टागन एकेडेमी’

हेटौंडा, हेटौंडाको पेन्टागन एकेडेमीबाट शिक्षक सेवा आयोगको तयारी गरेका ५१ जनाले प्राथमिक तहमा नाम निकाल्न सफल भएका छन् । पेन्टागन एकेडेमीमा तयारी कक्षा लिई विभिन्न जिल्लाबाट परीक्षा दिनु भएका ५१ जनाले प्राथमिक तहमा नाम निकाल्न सफल भएको सञ्चालक गोविन्द चौलागाईले जानकारी दिए ।

ADVERTISEMENT

एकेडेमीमा तयारी कक्षा लिई मकवानपुरबाट १४, बाराबाट ९, रौतहट ६, पर्साबाट ५, गोर्खाबाट गोर्खा २, सर्लाहीबाट ३, सिन्धुलीबाट १०, संखुवासभाबाट १ र सिराहाबाट १ गरी ५० जनाले नाम निकाल्न सफल भएका हुन् । प्राथमिक तह परीक्षाको लागि ६४ जनाले तयारी कक्षा लिइएकोमा ५१ जनाले नाम निकाल्न सफल भएका हुन् ।

‘शिक्षक सेवा आयोगलाई लक्षित गरी पेन्टागनले तयारी कक्षा सञ्चालन गरिरहेको छ ।’ चौलागाईले भने–‘एकेडेमीमा तयारी कक्षा लिनु भएकाले माध्यमिक तह र निम्न माध्यमिक तहमा पनि नाम निकाल्न सफल हुनु भएको छ ।’ शिक्षक सेवा आयोगप्रति शिक्षकहरुको झुकाव, अध्यापन गराउने शिक्षकहरुको मेहनत र समयानुसार आन्तरिक परीक्षाले गर्दा नतिजा राम्रो आएको उनको दावी रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *