जेन जी पुस्ता भन्नाले वर्तमान समयको युवा पुस्तालाई बुझिन्छ । हाल नेपालमा जेन जीले गरेको आन्दोलन निकै भयावह सावित भएको छ । नेपालभरि यस समाचारले कलहको अवस्था सिर्जना भएको छ । यस आन्दोलन– को मुख्य कारण भ्रष्टाचार हो । अहिलेको समयमा नेपालमा नेताहरूले अत्यन्तै भ्रष्टाचार गरेका छन् । यस आन्दोलनको सुरुवात वि.सं. २०८२ भदौ २३ गतेदेखि भएको हो । नेताहरूका छोराछोरी एकदम आरामदायी जीवन व्यतित गर्छन् भने सामान्य परिवारका मान्छेलाई एक छाक टार्न पनि धौ धौ परेको छ ।

नेपालमा धेरै भ्रष्टाचार भएकोले यहाँ विकासमा पनि अवरोध सिर्जना भएको छ । यस्तो अवस्थामा जेन जीले गरेको आन्दोलन त उचित नै हो भन्ने मलाई लाग्छ । उनीहरूले गरेका यो आन्दोलन निकै प्रभावकारी साबित भएको छ । ’तर आन्दोलनका क्रममा हाम्रो देशमा भएको विभिन्न भौतिक संरचनाहरू तोड़फाड भएका छन् र सार्वजनिक सम्पत्ती नष्ट भएका छन् ।
यसले देशको आर्थिक अवस्थामा ठुलो क्षति पुयाएको छ । देशमा भएको कानून निर्माण गर्ने संसद भवन, सर्वोच्च अदालतलगायतका भवन जलेर खरानी भएको छ । त्यस्तै नेपालको सबैभन्दा ठूलो दरबार सिंहदरबार पनि यसै आन्दोलनमा खरानी भयो । यसले गर्दा लगभग ७२ जना, युवाहरुले आफ्नो ज्यान गुमाएका छन् । यसरी आन्दोलन गर्नु, आवाज उठाउनु हरेक जनताको अधिकार हो तर यतिसम्मको धनजनको क्षति हुनु देशको लागि उपयुक्त होइन । यस आन्दोलनमा विभिन्न नेताहरूको घर जल्यो नेपालका पहिलाको प्रधानमन्त्रीले पनि पदबाट हट्नुपर्ने बाध्यता सिर्जना भएको थियो । नेपालमा वि.सं. २०८२ भदौ २८ गते नयाँ प्रधानमन्त्रीको नियुक्ति भयो। यसप्रकार जेन जीले उठाएका आवाज निकै प्रभावकारी देखिएको छ। यो आन्दोलन नेपालको इतिहासमै उल्लेखनीय रहने छ । यस आन्दोलनले देशमा पक्कै पनि केही परिवर्तन हुन्छ भन्ने आशा छ
(आँचल साह प्रगति माध्यमिक विद्यालय कक्षा– १० मा अध्ययनरत छात्रा हुनुहुन्छ ।)