हेटौंडामा अन्तर्राष्ट्रिय शान्ति दिवसमा दीप प्रज्वलन

हेटौंडा, ४४ औं अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा हेटौंडामा दीप प्रज्वलन तथा शान्ति विषयक विशेष छलफल कार्यक्रम सम्पन्न गरिएको छ।

ADVERTISEMENT

मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरले कुर्वे वस्ट्रको सहयोगमा शनिबार हेटौंडा–११ स्थित बुद्धचोकमा दीप प्रज्वलन गरेको थियो। त्यसपछि समूहको आफ्नै भवनमा “शान्ति बिना विकास सम्भव छैन” भन्ने नाराका साथ शान्ति विषयक छलफल कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मकवानपुरका १९ वटै वडाबाट आएका एकल महिलाका प्रतिनिधि, जनयुद्धका पीडित परिवारका सदस्य, विभिन्न सामाजिक अभियन्ता तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो।
समूहकी अध्यक्ष शारदा चौलागाईं, अधिवक्ता तथा सल्लाहकार अप्सरा बस्नेत, समाजसेवी निलम बजगाइ ९देवकोटा०लगायतले मन्तव्य राख्दै वर्तमान सन्दर्भमा शान्तिको महत्व र आवश्यकता औंल्याए।

विशेषगरी जेन जि आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा तेरौँ दिनको अवसर पारेर दीप प्रज्वलन गरिएको आयोजकहरूले जनाएका छन्। साथै, १० वर्षे जनयुद्धमा सहादत प्राप्त गरेका सहिदहरूको पनि स्मरण गरिएको थियो।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya