महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार अर्याललाई प्रदान

हेटौंडा, मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकको संयुक्त रुपमा प्रदान गरिने महालक्ष्मी साहित्य पुरस्कार, २०८० बाट मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमका बीच अर्याललाई ५१ हजार राशी सहित सम्मानपत्रले सम्मान गरिएको हो ।

ADVERTISEMENT

समाजका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तिरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अर्याललाई मन्त्री लामिछाने र महालक्ष्मी विकास बैंकका क्षेत्रीय प्रवन्धक शम्भूप्रसाद पराजुलीले पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० बाट हेटौंडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । न्यौपानेलाई दश हजार राशी सहित उक्त पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा मकवानपुर श्री सम्मान २०८१ बाट मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मा अर्याललाई प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री लामिछानेले भाषा, कला र साहित्यले नै मुलुक जोगाउनेमा जोड दिएका थिए । मातृभूमि साहित्य समाज मकवानपुरका संस्थापक अध्यक्ष ह्याग्रिव आचार्यले सम्मानित व्यक्तिहरुको संक्षिप्त परिचय दिएका थिए ।
कार्यक्रममा समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, बैंकका क्षेत्रीय प्रवन्धक शम्भूप्रसाद पराजुली, हेटौंडा शाखा प्रवन्धक अनन्तराज धिताल, सम्मानित व्यक्तित्वहरुका साथै मकवानपुरका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya