मेयर कप कराते प्रतियोगिताको तयारी पूरा, मेयरले उद्घाटन गर्ने

हेटौंडा, नेपाल सितोरियो कराते संघ जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा हुन लागेको प्रथम जिल्ला स्तरीय मेयर कप खुल्ला कराते प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

ADVERTISEMENT

मंसिर १४ र १५ गते हेटौंडामा आयोजना हुने कराते प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले गर्ने भएकी छिन् । प्रतियोगिताको उद्घाटन मंसिर १४ गते बिहान ८ बजे हुने छ । दुई दिन आयोजना हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन समारोह, सम्पूर्ण काता प्रतियोगिता र महिलाको कुमुते प्रतियोगिता हुनेछ भने दोस्रो दिन पुरूषको कुमुते प्रतियोगिताका सम्पूर्ण खेल, महिला र पुरुषको फाइनल प्रतियोगिता तथा कार्यक्रम समापन हुने नेपाल सितोरियो कराते संघ जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष दिपकबहादुर लामाले बताए ।

तौल समूह अन्तर्गत पुरुषतर्फ २५, ३०, ३५, ४२, ४७, ५२, ५७, ६२, ६७ केजी र महिलातर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । मकवानपुर जिल्लामा रहेका १५ वटा डोजोका ३ सय १५ जना खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । जसमा एक डोजोबाट कुमिते पुरुष ९ जना, कुमिते महिला ८ जना, काता महिला र पुरुष २ जना, टिम कोच र मेनेजर गरी २ जना गरी २१ जनाले सहभागिता जनाउने अध्यक्ष लामाले बताए ।

ADVERTISEMENT

आयोजकले प्रत्येक खेलाडीलाई खाना र बस्नको व्यवस्था मिलाएको जनाएको छ । प्रतियोगिताको लागि लाइसेन्स होल्डर स्थानीय १० जना र बाहिरका २० जना गरी ३० जना रेफ्रीले निर्णायकको भूमिका निर्वाह गर्ने उनले जानकारी दिए ।
प्रतियोगितामा स्वर्ण, रजत र कास्य जित्ने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीलाई नगदको व्यवस्था गरेको आयोजकले जनाएको छ । प्रतियोगिताको लागि हेटौंडा उपमहानगरपालिकाले २ लाख रुपैयाँ सहयोग गर्नेछ भने बुद्ध स्नोकर हाउस हेटौंडा–४ र एस वान स्नोकर क्लव हेटौंडा १० प्रायोजक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *