साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा पुनः बर्तौला

हेटौँडा, साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा पुनः डी.बी. बर्तौला चयन भएका छन्। आज सम्पन्न संस्थाको १७औँ अधिवेशनबाट बर्तौलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो।

ADVERTISEMENT

संस्थाको उपाध्यक्ष मनोज पोखरेल, सचिव रजनी पौडेल, सहसचिव भवानी तिम्सिना र कोषाध्यक्ष सन्जित श्रेष्ठ चयन भएकाछन्। त्यस्तै, सदस्यमा मिथिला अधिकारी, कमल नेपाल, विविधा रुम्बा र विधान आचार्य चयन भएका छन्। अधिवेशन समितिको संयोजकत्व संस्थाका सल्लाहकार तुल्सी घिमिरेले गरेका थिए। समितिमा सदस्यका रूपमा निमेष निखिल, रामचन्द्र भण्डारी, शान्तिप्रिय बन्दना र सुबास खनाल रहेका थिए।

संस्थाका अध्यक्ष बर्तौलाको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख आतिथ्य अग्रज साहित्यकार नवराज शर्माले गरेका थिए। कार्यक्रममा डा. गणेश लामाले स्थापना गर्नुभएको डा. गणेश लामा विज्ञान प्रतिभा सम्मानबाट रिबिजन हुमागाईलाई प्रदान गरिएको थियो। हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा विज्ञान संकाय अध्ययन गरी कक्षा १२ मा ३.९१ जीपीए हासिल गरेका हुमागाईलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको हो। उक्त सम्मानका लागि डा. लामाले एक लाख रुपैयाँको कोष स्थापना गरेका हुन्।

संस्थाले तिर्थदेवी सिल्वाल र नवराज शर्मालाई सङ्गम सम्मान प्रदान गरेको थियो भने सत्मार्ग अनलाइनका सञ्चालक सुजन ढकालसहित कार्यकालभर सहयोग गर्ने संस्थाहरू र व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा दुई वर्षभरिको गतिविधिलाई समेटेर सौरभ मुखपत्र सार्वजनिक गरिएको थियो। पत्रकार रामकुमार एलनले रचना वाचन गरेका थिए।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले भाषा, कला र साहित्यको प्रवर्द्धन गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै वडा कार्यालयले त्यसमा लगानी गरिरहेको बताए। उनले देश अहिले जेन्जी आन्दोलनका कारण विशम परिस्थितिबाट गुज्रिरहेको पनि टिप्पणी गरे।

Advertisement 5

संस्थाका अध्यक्ष बर्तौलाले आफ्नो सम्बोधनमा देशभरका साहित्यिक संस्थामध्ये साहित्य सङ्गम मकवानपुरले दुई वर्षे कार्यकालमा सबैभन्दा बढी गतिविधि सम्पन्न गरेको दाबी गरे। कार्यक्रममा संस्थाका सल्लाहकार तिर्थदेवी सिल्वाल, मुक्ति गोविन्द वैध, पूर्व कार्यसमिति सल्लाहकार ऋषिराम आचार्य, पूर्व अध्यक्ष सुवास खनाल, निमेष निखिललगायत विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *