पहिरोमा ज्यान गुमाएका विद्यार्थीहरुको सम्झनामा दीप प्रज्वलन

हेटौंडा, सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ (एन्फा) फुटबल एकेडेमीका ६ जना विद्यार्थीहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । मनहरी–१ स्थित मोर्डन युथ क्लबले पहिरोमा ज्यान गुमाएका एन्फाका ६ जनाको सम्झनामा श्रद्धाञ्जली सभा साथै दीप प्रज्वलन गरेको हो ।

ADVERTISEMENT

गत असोज १२ गते मकवानपुरका ३ सहित ६ जना विद्यार्थीहरुको पहिरोले पुरेर निधन भएको थियो । मकवानपुरका अनुपम घलान, सुमन योन्जन र दिवस बानियाँ, सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य र बाराको निजगढका विकल रेग्मीको पहिरोमा परी ज्यान गएको हो ।

कार्यक्रममा मनहरी–१ का वडाध्यक्ष शवप्रसाद खनाल, क्लबका सचिव रामगोपाल पराजुली , रामकुमार उप्रेती, अन्य पदाधिकारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya