हेटौँडा, मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्द्रुङमा दुई महिने सुत्केरीमाथि बलात्कार भएको छ।
शनिबार साँझ एक अपरिचित पुरुषले पीडितको श्रीमानलाई नियन्त्रणमा लिएर २३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।घटनापछि स्थानीय प्रहरीलाई खबर गर्दा प्रहरी पनि घटनास्थल जान डराएको उनको भनाई छ ।
पीडितको घर जंगलको एकान्तमा रहेको भएपनि गाउँमा कुनै हुलदंगा र अशान्ति नरहेको अवस्थामा घटनास्थलमा प्रहरी जान डराएको उनले बताए । पीडितलाई आफूहरुले नै हेटौंडा पु¥याइएको उनको भनाई छ । यता जिल्ला प्रहरी कार्यालय मकवानपुरले यस विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।
घटनापछि पीडितका श्रीमानले प्रहरी चौकी राक्सिराङमा जाहेरी दर्ता गरेका छन्।
हाल पीडित महिलालाई हेटौँडास्थित सेफ हाउसमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।






