हेटौँडा, गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी ९प्रजिअ०हरूको सरुवा गरेको छ। उक्त सरुवामा मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ पनि परेकी छन्। श्रेष्ठको सरुवा मकवानपुरबाट छिमेकी जिल्ला सिन्धुलीमा गरिएको हो।
त्यसैगरी मकवानपुरको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा सिराहाका प्रजिअ वसन्त अधिकारी आउने भएका छन्। गृह मन्त्रालयले आइतबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार अधिकारीलाई मकवानपुर पठाउने निर्णय गरेको हो।







