चैत ९ गतेबाट हुने ब्याड्मिन्टनको तयारी तीव्र

हेटौंडा, मकवानपुर जिल्ला ब्याड्मिन्टन संघको आयोजनामा यही चैत्र ९ गतेबाट हेटौंडामा हुन लागेको जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

ADVERTISEMENT

आयोजक जिल्ला ब्याड्मिन्टन संघले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारीका विषयमा जानकारी दिएको हो । दुईदिन सम्म सञ्चालन हुने प्रतियोगितामा दुई विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष भेट्रान ४५ उमेर समूह माथि र खुला पुरुष डबल्स विधामा स्पर्धा हुने मकवानपुर जिल्ला ब्याड्मिन्टन संघका बरिष्ठ उपाध्यक्ष विजयसिंह ठकुरीले जानकारी दिए ।

‘अहिलेलाई ९ र १० गते गरी दुईदिन प्रतियोगिता आयोजना गर्ने तयारी हो । सहभागीको संख्या बढेमा एकदिन लम्बिन सक्छ’, ठकुरीले भने, ‘जिल्लाका खेलाडी र मकवानपुर जिल्लामा कार्यरत खेलाडीहरुले यस प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।’

भेट्रान्स पुरुष डबल्सको विजेताले २० हजार र उपविजेताले १५ हजार रुपैयाँ तथा खुलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ । यस्तै २० बर्ष मुनीका एकजना उदयीमान र एकजना उत्कृष्ट खेलाडीलाई नगद ५/५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन चाहनेले यही ७ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् । हेटौंडा बाहिरबाट आउने खेलाडीलाई खान र बस्न व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *