माघ ११ गते हेटौंडा–१ बालमैत्री वडा घोषणा हुँदै

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–१ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।

ADVERTISEMENT

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ ११ गते शुक्रबार १ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो ।बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक समेत रहेका उनले स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमध्ये केही सूचकहरु पूरा भइसकेको र केही पूरा हुने क्रममा रहेको बताए ।

यस वडामा सामुदायिक, सँस्थागत र बाल विकास केन्द्रसहितका ६ वटा विद्यालयहरु संचालनमा छन् । साथै समुदाय स्तरमा १८ वटा बालसमुहरु, र १ वडा बाल सञ्जाल रहेको छ । जसमा ३ सय ६३ जना बालबालिकाहरु आवद्ध रहेका छन् । यस अभियानमा ८ बालविवाह रोकिएको छ भने विभिन्न बालश्रमिकको उद्वार गरि पारिवारिक मिलन समेत गरिएको छ ।
वडामा बालअधिकार समिति, बालसमुहहरु, बालसमुह सञ्जाल, टोलविकास सस्थाहरु, युवा क्लब, आमा समूह, वन समुह साथै विभिन्न सामुदायिक सस्थाहरु क्रियाशिल छन् । वडालाई यसअघि पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya