कात्तिक १८ गतेदेखि हेटौँडा जेसीजको जेसिज सप्ताह सुरु हुने

हेटौँडा, हेटौँडा जेसीजले जेसिज सप्ताह–२०२५ का अवसरमा विविध कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ। मंगलबारदेखि सुरु हुने सो सप्ताहमा रक्तदानदेखि खाद्यान्न वितरणसम्मका सामाजिक कार्यक्रम समावेश गरिएका छन्।

ADVERTISEMENT

आइतबार आयोजित पत्रकार सम्मेलनमा हेटौँडा जेसीजका अध्यक्ष पंकज दास बानियाँले कात्तिक १८ गतेदेखि २२ गतेसम्म चल्ने कार्यक्रमहरूको विवरण प्रस्तुत गर्दै समाजसेवा र युवाको सहभागितामार्फत सकारात्मक सन्देश फैलाउने उद्देश्य रहेको बताए ।

सप्ताहको पहिलो दिन कात्तिक १८ गते बिहान ७ बजे हुप्रचौरमा रक्तदान कार्यक्रम आयोजना हुने सप्ताह मूल कार्यक्रम संयोजक सन्तोष पराजुलीले जानकारी दिए । उक्त दिन दिन बिहान ८ः३० बजे ‘स्लो बाइक’ प्रतियोगिता पनि सञ्चालन गरिनेछ। कात्तिक १९ गते बिहान ७ बजे अन्तर–जेसिज वक्तृत्वकला प्रतियोगिता तथा दिउँसो २ बजे भूटनदेवी माध्यमिक विद्यालयमा साइबर सचेतना कार्यक्रम हुने तय गरिएको छ।

त्यसैगरी, कात्तिक २० गते विद्यालयस्तरीय हाजिरी–जवाफ प्रतियोगिता जेसिज सचिवालयमा आयोजना हुनेछ, जसमा कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाउनेछन्।

कात्तिक २१ गते मकवानपुरगढी–६, गुरदाङस्थित अति विपन्न एक परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिनेछ। सप्ताहको अन्तिम दिन कात्तिक २२ गते समापन कार्यक्रम आयोजना गरिनेछ, जसमा उत्कृष्ट सदस्य र उत्कृष्ट कार्यक्रम संयोजकलाई पुरस्कार प्रदान गरिने मूल कार्यक्रम संयोजक पराजुलीले जानकारी दिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *