बागमती प्रदेश लोकसेवा आयोगका सदस्य ढकालद्वारा राजीनामा

हेटौंडा, बागमती प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् ।
प्रदेश सरकारले आफूभन्दा कनिष्ठलाई बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गरेको भन्दै असन्तुष्टि जनाउँदै ढकालले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष शुक्रबार राजीनामा दिएका हुन् ।

ADVERTISEMENT

प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ (क) बमोजिम कार्तिक ११ गतेदेखि लागू हुने गरी सदस्य पदबाट राजीनामा दिएको ढकालले बताए । बागमती प्रदेश सरकारले सहसचिव तहको व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गरेकाले आफूले राजीनामा दिएको ढकालले बताए ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश लोकसेवा आयोगको अध्यक्ष कसलाई बनाउने भनेर छलफल भएको तर टुंगोमा नपुगेको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक वरिष्ठ अधिकृतका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका पूर्वनिर्देशक महेश्वर श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग बागमतीको अध्यक्ष नियुक्त गरिएको हो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *