एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा लालीगुराँस र चित्लाङ

हेटौँडा, हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी प्रवेश गरेका छन्। आइतबार गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २–० ले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो।

ADVERTISEMENT

टिमका लागि मुकुन्द कुमार निउरले खेलको २० औँ मिनेटमा अग्रता दिलाए भने राम थापाले ९२ औँ मिनेटमा अर्को गोल थपे। निउर ‘प्लेयर अफ दि म्याच’ घोषित भए। दोस्रो सेमिफाइनलमा चित्लाङ एफसीले बाराको नव जनजागृति युथ क्लबलाई रोमाञ्चक टाइब्रेकरमा ९–८ ले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो।

निर्धारित खेल समय गोलरहित सकिएपछि टाइब्रेकरमा पुगेको खेल ४–४ को बराबरीपछि सडनडेथबाट टुंगिएको थियो। खेलमा चित्लाङका गोलरक्षक विशाल केसी ‘प्लेयर अफ दि म्याच’ घोषित भए। सेमिफाइनलमा पुगेका चारै टिम आगामी राष्ट्रिय लिगका लागि छनोट भएका छन्।

लिगको उपाधिका लागि लालीगुराँस एसोसिएसन र चित्लाङ एफसीबीच मंगलबार (मंसिर २) फाइनल भिडन्त हुनेछ। विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *