हेटौंडा १५ नम्बर वडाद्वारा क्रिया खर्च बापत ५० हजार राहतको घोषणा

हेटौँडा, उत्तरी रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का बासिन्दा सुमन गोले र रमेश मगरको परिवारलाई स्थानीय सरकारको तर्फबाट तत्काल राहत सहयोग प्रदान गरिने भएको छ। काजकिरिया तथा अन्तिम संस्कारको खर्चमा राहत पुगोस् भन्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट मृतकका परिवारलाई जनही रु. ५०/५० हजार रुपैयाँ उपलब्ध गराउन लागिएको हो।

ADVERTISEMENT


​विपदको यो कठिन समयमा शोकसन्तप्त परिवारजनको पीडामा मल्हम लगाउन र उनीहरूलाई एक्लो महसुस हुन नदिन वडा कार्यालयले यो पहल लिएको हो। हेटौँडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले बाढीका कारण अकालमा जीवन गुमाएका आफ्ना नागरिकका परिवारलाई वडाको तर्फबाट किरिया खर्च बापत उक्त ५०-५० हजार रुपैयाँ राहत स्वरूप सहयोग गर्ने जानकारी गराउनुभएको हो।


​घटनाको सुरुवाती चरणदेखि नै बेपत्ता नागरिकहरूको खोजी, मध्यबिन्दु तथा भरतपुर अस्पतालबाट शव पहिचान र कानुनी प्रक्रिया पूरा गरी पार्थिव शरीर ल्याउने काममा वडा अध्यक्ष मोक्तान आफैँ निरन्तर खटिँदै आउनुभएको थियो। शव बुझ्ने प्रक्रिया सकिएलगत्तै वडाको तर्फबाट आर्थिक राहतको समेत घोषणा भएपछि शोकाकुल परिवारलाई व्यावहारिक रूपमा ठूलो सहारा पुगेको छ।


​विपद्को यस घडीमा स्थानीय तह र जनप्रतिनिधिहरू केवल प्रशासनिक भूमिकामा मात्र सीमित नरही नागरिकको दुःखमा प्रत्यक्ष साथमा उभिनुपर्छ भन्ने उदाहरण हेटौँडा–१५ ले प्रस्तुत गरेको छ। वडा कार्यालयले दुःखको यस असह्य परिस्थितिमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya