कास्कीको लालीगुराँसले जित्यो एन्फा प्रेसिडेन्ट लिगको उपाधि

हेटौँडा, कास्कीको लालीगुराँस एसोसिएसन क्लबले एन्फा प्रेसिडेन्ट लिगको उपाधि जितेको छ। मंगलबार हेटौडाको गौरीटारमा भएको फाइनल भिडन्तमा काठमाडौंको चित्लाङ एफसीलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराउँदै उपाधि जितेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि नजिताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो।

ADVERTISEMENT

प्रतियोगिताको विजेता लालीगुराँसले १० लाख पायो भने उपविजेता चित्लाङलाई ५ लाख रूपैयाँमा चित्त बुझायो। फेयर प्ले टोली र उत्कृष्ट खेलाडीले ५०-५० हजार पाउनेछन्। सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले २५-२५ हजार पाए। सहभागी १० टोलीलाई तयारी खर्च स्वरुप ७(७ लाख दिइएको थियो। लालीगुराँस र चित्लाङसँगै सेमिफाइनल पुगेका नव जनजागृति युवा क्लब र काँक्रेबिहार युथ क्लब राष्ट्रिय लिगमा पुगेका छन्।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya