जुवा खेलिरहेका ५ जना प्रहरीको नियन्त्रणमा

हेटौंडा, हेटौंडाको एभोकाडो होटलको कोठामा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार साँझ हेटौंडा–२ स्थित एभोकाडो होटलको कोठा नम्बर २०८ मा जुवाको खालबाट ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

अवैध जुवा खेलिरहेको सुचनाका अधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उक्त होटलमा जुवाको खालबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार जुवा खेलीरहेको अवस्थामा पक्राउ पर्नेहरुमा हेटौडा– १ बस्ने वर्ष ४० को बलराम बिश्वकर्मा, हेटौंडा–१२ बस्ने वर्ष ३५ को दिपक घले, चितवनको भरतपुर महानगरपालिका–२ घर भई हाल हेटौडा–४ बस्ने वर्ष ४५ को सुन्दर कुमार श्रेष्ठ, हेटौडा–५ बस्ने वर्ष ३४ को सहदेव लम्साल, हेटौंडा– ४ बस्ने वर्ष ४२ को प्रकाश मानन्धर रहेका छन ।

उनीहरुलाई २ लाख ५४ हजार ४२० रुपैयाँको जुवा खालबाट पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए । उनीहरुको साथबाट २ बुक सिल भएको तास, २ बुक खुल्ला गरिएको तास र जुवा खेल्न प्रयोग गरेको क्वाईन ७६ थान बरामद गरीएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *