मनहरी-५ को आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला

हेटौडा, मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका मध्ये २६ जनामा मोतिबिन्दु देखिएको छ । ८६ जनाको आँखामा समस्या देखिएको कारण चस्मा वितरण गरिएको मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले बताए।

ADVERTISEMENT

हेटौडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा मनहरी गाउँपालिकाको आयोजना तथा ५ नम्बर वडा कार्यालयको सह-आयोजनामा शुक्रबार बसन्तपुरको वडा कार्यालयमा नि:शुल्क आँखा शिविर भएको हो । मोतिबिन्दु भएकाहरुलाई सोमबार बोलाईएको छौ, अवस्था अनुसार मंगलबार शल्यक्रिया हुने अस्पतालको फिल्ड कार्यक्रम संयोजक सुशील कुमार सिंहले बताए।

५ नम्बर वडाको वडा अध्यक्ष दिपेन्द्र अधिकारीको सभाध्यक्षमा भएको शिविरमा गाउँपालिकाकी उपाध्यक्ष सिता पुलामी मगरको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा मनहरी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहाल, ५ नम्बर वडा सचिब बिदुर पाठक, आँखा अस्पतालको फिल्ड कार्यक्रम संयोजक सुशील कुमार सिंह, वडा सदस्यहरु, टोल विकास समितिको प्रतिनिधिहरु, स्थानीय स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *