मकवानपुरमा लागुऔषधसहित अटो चालक पक्राउ

हेटौँडा, मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित एक अटो चालक पक्राउ परेका छन्। आज बिहान राप्तिरोडबाट थानाभर्‍याङतर्फ गइरहेको बा.प्र. ०३–००१ ह ०१२६ नम्बरको अटो प्रहरी टोलीलाई देख्नेबित्तिकै भागेपछि शंका उत्पन्न भई प्रहरीले पछ्याइ खोजतलास गरेको थियो।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पछ्याउँदै जाँदा अटोलाई हेटौँडा उपमहानगरपालिका–१, तरकारी बजार क्षेत्रमा फेला पारेर चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चालक हेटौँडा–१३ बसोबास गर्ने २७ वर्षीय सोनम मोक्तान रहेको प्रहरीले जनाएको छ।

मोक्तानको रितपूर्वक खानतलासी गर्दा अटोभित्र लुकाइ राखिएको अवस्थामा लागुऔषध ट्रामाडोलका १५ हजार ९६० क्याप्सुल फेला पारेको प्रहरीले बताएको छ। प्रहरीले लागुऔषधसहित अटो समेत बरामद गरी मोक्तानलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा रहेका मोक्तानविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान र कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya